वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली विगत ८ वर्षदेखि बेपत्ता भएका छन् ।
रोजगारीका लागि २०६२ साल भदौ महिनामा मलेसिया पुगेका झापाका हेम बहादुर कटुवाल विगत ८ वर्षदेखि सम्पर्कविहिन भएका हुन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार उनी मलेसियाको जोहरस्थित Flextronics Plastics नामक कम्पनीमा रोजगारीका लागि आएका थिए ।
तर त्यसको केही महिनापछिबाट नै हेम परिवारको सम्पर्कमा छैनन् ।
लामो समयदेखि सम्पर्कविहिन भएपछि परिवारका सदस्यहरुमा चिन्ता बढेको छ भने उनको खोजी गरिदिन परिवारले दूतावास गुहारेको छ ।
दूतावासले हेमको बारेमा कुनै जानकारी भएमा वा कसैले देखेको भएमा निम्न फोन नम्बरहरुमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।
नेपाली राजदुतावास, क्वालम्पुरको हटलाइन नम्बर: +60162472777
आफन्त (हेमको दाजु) को सम्पर्क नम्बर : +9779841238017