श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकले गर्नुपर्ने म्यादी जीवन बिमा हटाउने प्रस्ताव गरेको छ ।
मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमार्फत म्यादी जीवन बिमाको प्रावधान हटाउने प्रस्ताव गरेको हो ।
हाल वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन अनिवार्य रुपमा म्यादी जीवन बिमा गराउनु पर्दछ ।
उमेरका आधारमा म्यादी जीवन बिमाको शूल्क ३ हजार ५ सयदेखि ५ हजार ५ सय रुपैयाँसम्म छ ।
यस्तै, श्रमिकको कल्याणकारी कोषका लागि १ हजार ५ सयदेखि २ हजार ५ सय रुपैयाँ र सामाजिक सुरक्षा कोषका लागि मासिक २ हजार रुपैयाँ जम्मा गर्नुपर्छ ।
जीवन बिमाबापत श्रमिकले साढे २ वर्षका लागि रकम बुझाउनुपर्छ ।
तर, अधिकांश देशका रोजगारदाताले २ वर्षे करार सम्झौता गर्ने गर्छन् ।
तर श्रमिकको करार सकिएर पुनः श्रम स्वीकृति गर्ने बेलामा फेरि साढे २ वर्षकै बिमा गराउनु पर्दछ ।
यसरी श्रमिकले अनावश्यक रुपमा ६ महिनाको बिमा गराउनु पर्ने हालको स्थिति छ ।
त्यसैले हालको यो अवस्थालाई फेरेर मन्त्रालयले श्रमिक कल्याणकारी सेवालाई एकद्वार प्रणालीमा लैजाने याजना बनाएको हो ।
म्यादी जीवन बिमालाई हटाएर सो बापतको सुविधा कल्याणकारी कोषबाटै थप गर्न लागिएको हो