तपाईँले हालै घोषणा गरिएको विदेशी भिजिटरले अमेरिका प्रवेश गर्दा २५० डलर तिर्नुपर्ने नियम सुन्नु भएकै होला ।
अमेरिकाले ‘नन् इमिग्रेन्ट भिसा’मार्फत अमेरिका प्रवेश गर्ने हरेक विदेशीबाट भिसा ‘इन्टिग्रिटी फि’ शिर्षकबाट सो शूल्क उठाउने तयारी गरेको हो ।
सन् २०२४ मा मात्र अमेरिकाले १ करोड १० लाख नन् इमिग्रेन्ट श्रेणीको भिसा जारी गरेको थियो ।
त्यसैले नयाँ शूल्कबाट ठुलो रकम उठाउने अमेरिकाको तयारी छ ।
तर अब यो तयारी अमेरिकाको मात्र रहने छैन् ।
युरोपेली युनियन, ईयुले पनि अमेरिकाको जस्तै शूल्क उठाउने तयारी अघि बढाएको छ ।
ईयुका देशहरुमा ‘युरोपियन ट्राभल इन्फरमेसन एन्ड अथोराइजेसन सिस्टम’ लागु हुँदैछ ।
सन् २०२६ देखि लागु हुने यो प्रणालीले गैर ईयु सदस्य राष्ट्रका नागरिकले ईयुका देश भ्रमण गर्दा हालको भन्दा झन्डै तेब्बर शूल्क तिर्नुपर्ने छ ।
हाल गैर ईयुका नागरिकले ईयु प्रवेश गर्दा ७ युरो शूल्क तिर्दै आएका छन् ।
तर युरोपेली आयोगले आउँदो वर्षबाट लागु हुने गरी ईयु प्रवेश शूल्क २० युरो पुर्याएको छ ।
यसअघि युकेले समेत ‘इक्लेट्रोनिक ट्राभल अथोराइजेसन’ शूल्कलाई १० पाउन्डबाट बढाएर १६ पाउन्ड पुरयएको थियो ।
यो नयाँ व्यवस्थाले युके, अमेरिका वा ईयु जाने तयारीमा रहेका नेपालीसहितका तेश्रो देशका आप्रवासीलाई अतिरिक्त शूल्कको भार थपेको छ ।