बेलायती विश्वविद्यालय

अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने बेलायती विश्वविद्यालयमाथि थप कडाइ

आप्रवासन आप्रवासन

बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने विश्वविद्यालयमाथि थप कडाइ गर्ने नीति ल्याउने भएको छ ।

बेलायत सरकारले विद्यार्थी भिसामा आउने र पढाइ सकिन लाग्दा असाइलमको निवेदन दिने विद्यार्थी र उनीहरू भर्ना भएका विश्वविद्यालयमाथि कडाइ गर्न लागेको हो ।

सरकारले विश्वविद्यालयहरूका लागि नयाँ मापदण्ड तोक्ने तयारी गरेको छ ।

जस अनुसार अब अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिएका विश्वविद्यालयमा त्यस्ता विद्यार्थीको अध्ययन सुरु दर कम्तीमा ९५ प्रतिशत हुनुपर्ने छ ।

यस्तै, अध्ययन सुरु गरेका कम्तीमा ९० प्रतिशत विद्यार्थीले अध्ययन पुरा गरेको हुनुपर्ने छ ।

विद्यार्थी भिसाको आवेदनमध्ये अस्वीकृत दर ५ प्रतिशत भन्दा बढी हुनु हुँदैन ।

यी मापदण्ड पुरा गर्न असफल हुने विश्वविद्यालयलाई जरिवाना र अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा प्रतिबन्धसम्मको कारबाही हुन सक्ने छ ।

भर्ना हुने तर अध्ययन पुरा नगरी शरणका लागि आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थी बढ्दै गएपछि सरकारले यो व्यवस्था गर्न लागेको हो ।

सन् २०२४ मा मात्रै १६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीले पढाई बिचमै छोडेर असाइलमको निवेदन दिएका थिए ।

जसमा धेरै जसो पाकिस्तान, श्रीलङ्का, नाइजेरिया लगायतका देशका विद्यार्थी थिए ।

सोही कारण सरकारले थप कडाइ गर्न लागेको हो ।

हाल बेलायतमा अध्ययनरत विद्यार्थीहरूमा २५ प्रतिशत विदेशी छन् ।