युरोपमा रोजगारी

युरोपका २७ देश, रोजगारीको अवसर कहाँ कस्तो ?

आप्रवासन आप्रवासन

यदि तपाईँ वर्किङ वा अध्ययन भिसामा युरोप जाने तयारीमा हुनुहुन्छ भने त्यहाँ कामको अवसर कस्तो छ भन्ने कुरामा चनाखो हुनुपर्दछ ।

वर्किङ भिसामा जानेले निश्चित समयपछि कम्पनी छाडेर अर्कोमा जान मिल्छ कि मिल्दैन् भनेर बुझ्नुपर्दछ ।

मिल्ने खण्डमा पनि काम पाइन्छ कि पाइँदैन् भनेर नेपालमै रहँदा रिसर्च गर्नुपर्दछ ।

विद्यार्थी भिसामा युरोप जानेले पनि पढाईसँगै सातामा कति घण्टा काम गर्न पाइन्छ भन्ने बुझ्नुपर्दछ ।

योसँगै विद्यार्थीले पार्ट टाइम काम पाउन कत्तिको सहज छ भनेर समेत सचेत हुनु आवश्यक हुन्छ ।

युरोपको वास्तविक्ता बारे पर्याप्त ज्ञान र पूर्व तयारी बिनै युरोप जाने धेरै नेपालीले दुख पाउने गरेका छन् ।

त्यसैले आज हामी यस भिडियोमार्फत युरोपेली संघको कुन देशमा रोजगारी उपलब्धताको अवस्था कस्तो छ भनेर जानकारी दिँदैछौँ ।

युरोपेली संघमा हाल २७ मुलुक छन् ।

यी २७ वटा देशको अध्ययन गरेर युरोपेली युनियनको तथ्याङ्क कार्यालय, युरोस्टाटले हालै एक तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै बेरोजारीताको समस्या भएको मुलुक हो, स्पेन ।

स्पेन एक समृद्ध मुलुक हो ।

तर पछिल्लो समय स्पेनमा काम पाउन निकै मुस्किल बन्दै गएको छ ।

तथ्यांक अनुसार स्पेनमा बेरोजगारी दर १० दशमलव ४ प्रतिशत पुगेको छ ।

यो भनेको स्पेनमा हाल हरेक एक हजार मानिसमध्ये १४० जना बेराजगार छन् ।

स्पेनपछि सबैभन्दा धेरै बेरोजगारहरु फिनल्याण्डमा छन् ।

फिनल्याण्डमा बेरोजगार दर ९ दशमलव ३ प्रतिशत छ ।

सन् २०२४ मा फिनल्याण्डमा बेरोजगार दर ८ दशमलव ५ प्रतिशत थियो ।

र त्यहाँ अवस्था सुधार हुनुको साटो झन खराब हुँदै गएको छ ।

फिनल्याण्डको जस्तै अवस्थाबाट गुज्रिरहेको अर्को देश हो, स्वीडेन ।

स्वीडेनमा सन् २०२४ मा बेरोजगार दर ८ दशमलव ४ प्रतिशत थियो ।

तर त्यहाँ पनि बेरोजागरी दर बढेर अहिले ८ दशमलव ७ प्रतिशत पुगेको छ ।

फिनल्याण्ड र स्वीडेन नेपाली विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तव्य समेत हो ।

पछिल्लो समय त्यहाँ पुग्ने नेपालीले काम नपाउने समस्या बढी नै सामना गरिरहेका छन् ।

इस्टोनिया र फ्रान्समा समेत बेरोजगारीको समस्या ज्युँका त्युँ छ ।

हाल इस्टोनियामा बेरोजगारी दर ७ दशमलव ७ प्रतिशत र फ्रान्समा ७ प्रतिशत छ ।

नेपाली विद्यार्थीहरु बढी जाने डेनमार्क र इटालीको अवस्था समेत राम्रो छैन् ।

डेनमार्कमा बेरोजगारी दर ६ दशमलव ७ र इटालीमा ६ दशमलव ३ प्रतिशत छ ।

नेपाली कामदार बढी जाने देशहरु हुन्, पोर्चुगल र रोमानिया ।

हाल पोर्चुगलमा बेरोजगारी दर ६ प्रतिशत छ भने रोमानियामा ५ दशमलव ८ प्रतिशत छ ।

यस्तोमा त्यहाँ पनि नेपालबाट गएको कम्पनी छोडेर अर्को कम्पनी जाँदा काम पाउन मुस्किल पर्न सक्छ ।

युरोपमा जर्मनी, क्रोएसिया, साइप्रस, माल्टा जस्ता देश तुलनात्मक रुपमा बेरोजगारीको दर कम छ ।

जुन देशमा जति धेरै बेरोजगार दर हुन्छ त्यहाँ काम पाउन त्यति नै मुस्किल हुन्छ ।

यस्तोमा युरोपको गन्तव्य छान्दा सुविचार गर्नु निकै महत्त्वपूर्ण हुन्छ ।

यस भिडियोले युरोप जाने सोच बनाइरहेकाहरुलाई गन्तव्य मुलुक छान्न सहज बनाउने छ भन्ने हाम्रो अपेक्षा छ ।

याद राख्नुहोस्, कुनै पनि देश जाँदा त्यो देशमा धेरै माग भएको सीप र आधारभूत भाषा सिकेर जानुपर्दछ ।

त्यसले तपाईँलाई त्यहाँ रोजगारी पाउन सजिलो बनाउने छ ।