अष्ट्रेलियाको मदिरा नियम

अष्ट्रेलियाको मदिरा नियम: नेपालीले के ध्यान दिने ?

आप्रवासन आप्रवासन

अष्ट्रेलियामा बस्ने वा भर्खरै पढाइका लागि आएका धेरै नेपालीका लागि त्यहाँको खुला र स्वतन्त्र माहोल नयाँ अनुभव जस्तो लाग्छ ।

विशेषगरी साथीहरूसँग बाहिर निस्कँदा, कलेजका कार्यक्रम वा सार्वजनिक बिदामा, गिलासमा केही हालेर रमाउने चलन यहाँ सामान्य देखिन्छ ।

तर यो ‘सामान्य’ जस्तो देखिने बानीमा कानुन र संस्कृतिका आफ्नै सीमा छन्, जुन थाहा नभए सजिलै समस्या निम्त्याउन सक्छ । 

आउनुहोस्, यो भिडियोमा बुझौँ अष्ट्रेलियामा मादकपदार्थ सम्बन्धी प्रावधानमा के-के छ ।

अष्ट्रेलियामा १८ वर्ष नपुगेको व्यक्तिले मादकपदार्थ किन्न, राख्न वा सेवन गर्न पाइँदैन ।

लाइसेन्स प्राप्त रेस्टुरेन्ट, बार वा स्टोरबाहेक अन्य स्थानबाट किनबेच गैरकानुनी हुन्छ ।

धेरै सहरमा निषेध क्षेत्र तोकिएका छन् ।

जस्तै-सडक, पार्क वा समुद्र किनार जहाँ खुला रूपमा बोतल खोल्न पाइँदैन ।

नियम तोडियो भने जरिवाना मात्र होइन, प्रहरीले तुरुन्तै नियन्त्रणमा लिन सक्छ ।

पढाइ र पार्ट टाइम कामको बीचमा साथीसँग भेटघाट हुँदा पनि अष्ट्रेलियाको Responsible Service of Alcohol नियम लागू हुन्छ ।

बार वा रेस्टुरेन्टमा कर्मचारीले तपाईंलाई अत्यधिक नशालु देखे भने थप रक्सी पिलाउन वा बिक्री गर्न पाउँदैनन् ।

नयाँ देशमा रमाइलो गर्नु, साथी बनाउन र सांस्कृतिक अनुभव लिन कुनै खराब कुरा होइन ।

तर आफू रहेको देशको  कानुन, स्वास्थ्य सन्देश र सामाजिक मर्यादा बुझेर मात्र जिम्मेवार मध्यपान गर्नु बुद्धिमानी हुन्छ ।

नत्र रमाइलो क्षणले पढाइ, काम र भविष्यमै असर पार्ने गल्तीमा बदलिन धेरै समय लाग्दैन ।