दक्षिण कोरियामा कार्यरत तुल्सी पुन आत्महत्या प्रकरणमा अदालतको फैसला आएको छ ।
कोरियामा तुल्सी पुन मगरलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा कम्पनी मालिक र टोली प्रमुख दोषी ठहरिएका छन् ।
कोरियाको मोक्पो अदालतले दुबैलाई दोषी ठहर गरी फैसला सुनाएको छ ।
अदालतले बुङ्गुर फर्म मालिकलाई २ वर्ष जेल सजाय र १० लाख कोरियन वोन जरिवाना तोकेको हो ।
यस्तै टोली प्रमुखलाई ८ महिना जेल सजाय गर्ने फैसला तोकेको जनाइएको छ ।
गत फेब्रुअरीमा मगरले फर्ममा काम गर्दा दिइएको यातना सहन गर्न नसकी आत्महत्या गरेका थिए ।
त्यसपछि एमटियूले कम्पनी मालिक र टोली प्रमुख विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।
कोरियामा नेपाली टोली प्रमुखले नयाँ श्रमिकलाई काममा पेल्ने अनावश्यक मानसिक तनाव दिने गुनासो सुन्ने गरिएको छ ।
मृतक तुल्सी कोरियन भाषा इपिएस परीक्षा पास गरेर गत असोजमा मात्र कोरिया पुगेका थिए ।
२८ वर्षीय तुल्सी त्यसअघि रोजगारीको सिलसिलामा साउदी अरेबियामा एक वर्ष बसेर कोरिया जाने उद्देश्यसहित नेपाल आई इपिएस परीक्षा दिएका थिए ।