वैदेशिक रोजगारीका लागि सिलसिलामा विभिन्न मुलुक पुगेका १७४ नेपालीले साउनमा ज्यान गुमाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै वैदेशिक रोजगारीमा रहेका १७४ जनाको शव नेपाल ल्याइएको हो ।
कार्यस्थल र सडक दुर्घटना, आत्महत्या, हृदयाघात र प्राकृतिक कारणबाट नेपालीको ज्यान जाने गरेको हो ।
तथ्याङ्कले वैदेशिक रोजगारीमा क्रममा हरेक दिन औसतमा ५ भन्दा बढी नेपालीको ज्यान गइरहेको देखाएको छ ।
सबैभन्दा धेरै साउदी, कुवेत, मलेसिया लगायतका मुलुकबाट नेपालीको शव आएको हो ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका १ हजार ५१७ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा पनि १ हजार ३४६ नेपाली कामदारको विदेशमै मृत्यु भएको थियो ।