कोरियामा आप्रवासी कामदारमाथि दुर्व्यवहार

कोरियामा आप्रवासी कामदारमाथि हुने दुर्व्यवहार ४ गुणाले वृद्धि

आप्रवासन आप्रवासन

पछिल्ला ४ वर्षमा दक्षिण कोरियामा आप्रवासी कामदारमाथि कार्यस्थलमा हुने दुर्व्यवहारका घटनामा झन्डै ४ गुणाले वृद्धि भएको छ ।

कोरियाको रोजगार तथा श्रम मन्त्रालयमा परेको उजुरीले यो अवस्था देखाएको हो ।

मन्त्रालयका अनुसार सन् २०२० मा आप्रवासी कामदारमाथिको दुर्व्यवहार सम्बन्धी ६५ वटा उजुरी परेका थिए ।

तर सन् २०२४ सम्ममा त्यस सम्बन्धी २२४ वटा उजुरी परे ।

अझ सन् २०२५ को पहिलो ५ महिनाको उजुरीले त दुर्व्यवहारका घटना झन् बढ्दै गएको देखाउँछ ।

मन्त्रालयका अनुसार सन् २०२५ को जनवरीदेखि मेसम्ममा ११२ जना आप्रवासी कामदारले कार्यस्थलमा आफूमाथि दुर्व्यवहार भएको उजुरी टिपाएका छन् ।

तर यो सङ्ख्या उजुरी टिपाउनेहरूको मात्र हो ।

कार्यस्थलमा दुर्व्यवहार वा हिंसामा पर्ने तर पर्याप्त सचेतना र त्रासका कारण उजुरी नगरी सहने कामदारको सङ्ख्या अझै अधिक छ ।

आप्रवासी कामदारमाथि दुर्व्यवहारका घटना बढ्दै गएपछि कोरियाको गृह तथा सुरक्षा मन्त्रालयले १०० दिने विशेष कारबाही अभियान नै सुरु गरेको छ ।

त्यसका लागि कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीलाई परिचालन गरिएको छ र कार्यस्थलमा गएर अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ ।