विदेश पढ्न जाने

विदेश पढ्न जानेमार्फत ३ वर्षमै विदेशियो ३ खर्ब ६४ अर्ब

आप्रवासन आप्रवासन

उच्च शिक्षाका लागि विदेश पढ्न जानेमार्फत बर्सेनि ठुलो धनराशि विदेशिँदै गएको छ ।

गएका ३ वर्षमै विदेश पढ्न जाने नेपालीमार्फत साढे ३ खर्ब भन्दा बढी रकम बाहिरिएको छ ।

राष्ट्र बैङ्कलेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले यो देखाएको हो ।

गत आर्थिक वर्षमा विदेश पढ्न जानेमार्फत १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको हो ।

यो अघिल्लो आर्थिक वर्षको दाँजोमा १३ अर्ब ३५ करोड रुपैयाँले बढी हो ।

आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा पनि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो।

पछिल्ला ३ आर्थिक वर्षमै ३ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ विदेशिएको हो ।

मुलुकभित्रै सहज तथा सुलभ उच्च शिक्षा प्रदान गर्ने विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था छन् ।

 तर त्यसका बाबजुद विदेशै पढ्न जाने लहरले ठुलो मात्रामा धनराशि बाहिरिने गरेको छ