त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चतकालिन बन्द रहने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डन कार्यालयले एक सुचना जारी गर्दै अर्को सूचना नआउनजेलसम्म विमानस्थल बन्द रहने जनाएको हो ।
विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि साँझसम्म विमानस्थल कार्यालयले जानकारी दिएको छ । तर, आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् ।
यस्तै विभिन्न देशको उडानका लागि विमानस्थल पुगेका यात्रु भने अलपत्र परेका छन् ।