अमेरिकी चासो

आम निर्वाचनका लागि सहकार्य गर्न तयार छौं : अमेरिका

आप्रवासन आप्रवासन

अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आम निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको बताएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी नेपालसँग सहकार्य गर्न तयार यस्तो बताएको हो ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै यो अवस्थामा आउनका लागि आन्दोलन गरेका युवा र अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसासमेत गरेको छ ।

दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरुमा नयाँ निर्वाचनको तयारी गर्नेक्रममा नेपालसँग अमेरिका सहकार्यका लागि तयार रहेको बताएको छ ।

यस्तै नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणकाललाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानसमेत गरेको छ । नेपालसँग सहकार्य गर्न तयार छौं ।

Embassy Notice