गाजामा इजरायलको आक्रमण

अमेरिकी विदेशमन्त्रीको भ्रमणअघि इजरायलको गाजा सहरमा तीव्र बमबारी

आप्रवासन आप्रवासन

अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायलको भ्रमणमा आइपुगेका छन् । तर, रुबियो आइपुग्नुअघि देखि नै इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ । 

इजरायली सेनाले आइतबार गाजा सहरका करिब ३० भन्दा बढी अग्ला भवनहरूमाथि भीषण बमबारी गर्दा ३२ जनाको मृत्यु भएको छ । गाजा सहरको शिफा अस्पतालका अनुसार मृतकहरूमा १२ जना बालबालिका छन् । 

यी आक्रमणहरूका कारण हजारौँ मानिस विस्थापित भएका छन् । इजरायली सेनाले यो आक्रमण भएको केही घण्टाभित्रै गाजा सहरका धेरै टावरहरू खाली गर्न आदेश जारी गरेको छ ।

प्यालेस्टिनी चिकित्सा कर्मचारीहरूले दिँदै प्यालेस्टिनीहरूलाई गाजा सहर खाली गर्न आग्रह गरेका छन् । यो आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूद्वारा आह्वान गरिएको बैठकभन्दा पहिले भएको हो ।

यसमा इजरायली सेनाले गाजा सहरमाथि नियन्त्रण गर्न स्थलगत अभियान चलाउँदा गाजामा बन्धक बनाइएका मानिसहरूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल गरिने यो मामिलासँग सम्बन्धित एक स्रोतले जनाएको छ । 
 
इजरायलले पहिले नै लाखौँ प्यालेस्टिनीहरूले शरण लिएको गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरिसकेको छ ।