अमेरिकी निगरानी

पाकिस्तानको रक्षा बजेटमा अमेरिकाको निगरानी

आप्रवासन आप्रवासन

किस्तानको रक्षा बजेटमा अमेरिकाले निगरानी बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानलाई आफ्नो रक्षा र गुप्तचर बजेटलाई पारदर्शी तथा आर्थिकरूपमा जवाफदेही बनाउन आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको सन् २०२५ को फिस्कल ट्रान्सपरेन्सी प्रतिवेदनमा थुप्रै सिफारिसहरू गरिएका छन् ।
 
यो वार्षिक मूल्यांकनले विभिन्न सरकारहरूको बजेटको पारदर्शिताको समीक्षा गर्नुका साथै राज्यले कसरी सार्वजनिक कोषको सार्वजानिकीकरण, लेखा परीक्षण र व्यवस्थापन गर्छ भन्नेमा केन्द्रित हुन्छ ।

प्रतिवेदनको पाकिस्तान खण्डमा, सैन्य र गुप्तचर बजेटको पर्याप्त संसदीय वा नागरिक सार्वजनिक निगरानी नभएको उल्लेख छ । फिस्कल ट्रान्सपरेन्सीमा सुधारका लागि पाकिस्तानले सैन्य र गुप्तचर एजेन्सीहरूको बजेटलाई संसदीय वा नागरिक सार्वजनिक निगरानीमा राख्नुपर्ने बताएको छ ।

पाकिस्तानी अंग्रजी दैनिक डनको प्रतिवेदनअनुसार, विदेश मन्त्रालयले पाकिस्तानलाई आफ्नो कार्यकारी बजेट प्रस्ताव समयमै प्रकाशन गर्न पनि सुझाव दिएको छ ।
 
प्रतिवेदनमा पाकिस्तान सरकारले आफ्नो कार्यकारी बजेट प्रस्तावलाई उचित समयसीमाभित्र प्रकाशन नगरेको भनिएको छ  । बजेट पहिले नै जारी गर्दा यसमा विस्तृत बहस र छानबिनको अवसर मिल्ने उल्लेख छ । अमेरिकी विदेश मन्त्रालयको फिस्कल पारदर्शिता प्रतिवेदनमा १४० सरकार र प्रतिष्ठानहरू समावेश छन् ।