वैदेशिक रोजगारी

चालु आर्थिक बर्षको दुई महिनामा एक लाख ३६ बढी विदेशिए

आप्रवासन आप्रवासन

चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०८२ साउन १ गतेदेखि भदौ मसान्तसम्म उनीहरूले विभागबाट श्रम स्वीकृति लिएका हुन् ।गएको भदौमा मात्र ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांकले देखाउँछ । भदौमा श्रम स्वीकृति लिनेमा ५९ हजार ९२३ पुरुष र आठ हजार ४९ महिला छन् ।

गएका साउनमा ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ जना महिला गरी कुल ६८ हजार ११० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।  अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा कुल एक लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।  

गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १९ हजार १४ जना बढीले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १६.२४ प्रतिशतले वृद्धि भएको छ ।