अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्ट महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो । यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप दबाबको संकेत हो ।
अस्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, उपभोक्ता मूल्य सूचकांक पछिल्ला १२ महिनामा तीन प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना अगस्टमा २.८ प्रतिशत र जुलाईमा १.९ प्रतिशत मात्र थियो ।
यो वृद्धिदर सन् २०२४ सालको अगस्ट महिनापछिको सबैभन्दा उच्च दर हो, जब महँगी दर ३.५ प्रतिशत पुगेको थियो । तथ्यांक कार्यालयका अनुसार महँगी बढ्नुमा मूख्य योगदान आवास खर्चमा ४.५ प्रतिशत वृद्धि, खाद्य र नरम पेय पदार्थमा ३ प्रतिशत वृद्धि तथा चुरोटमा ६ प्रतिशत वृद्धि रहेको छ । बिजुली महसुल भने झनै बढी २४.६ प्रतिशतले बढेको छ ।
सरकारी राहत योजना समाप्त भएपछि यो वृद्धिदर देखिएको हो । राहतको प्रभाव हटाएर हेर्दा बिजुलीको मूल्यवृद्धि ५.९ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ ।