गाजा युद्ध अन्त्य प्रयास

गाजा युद्ध अन्त्य गर्न द्रुत गतिमा अघि बढ्न ट्रम्पको आग्रह

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई छिटो अघि बढ्न आग्रह गरेका छन् । हमास र इजरायलबीच अप्रत्यक्ष शान्ति वार्ताका निम्ति मध्यस्थकर्ता आज इजिप्टमा भेट्ने कार्यक्रम छ ।

हमासले २० बुँदे अमेरिकी शान्ति योजनाका केही भागमा सहमति जनाएको समयमा यो वार्ता हुँदै छ । उक्त योजनामा बन्धक मुक्त गर्ने र गाजाको शासन प्यालेस्टाइनी प्राविधिकलाई हस्तान्तरण गर्ने विषय समावेश छ ।

तर, हमासले अरू मुद्दामा वार्ता गर्न खोजिरहेको छ । वार्ता धेरै सफल भएको भन्दै सामाजिक सञ्जालमा समयको महत्त्व रहेको भन्दै नत्र ठूलो रक्तपात हुने चेतावनी दिए । 

पत्रकारसँग यसअघि ट्रम्पले बन्धक धेरै चाँडै मुक्त गर्न सुरु गरिनेछ भन्ने आफूलाई लागेको बताएका थिए ।