हमासले आफ्ना लगभग सात हजार लडाकुलाई गाजामा पुनः तैनाथ गरेको छ । यसको उद्देश्य इजरायली सेनाहरू हालै फिर्ता भएका क्षेत्रहरूको नियन्त्रण पुनः प्राप्त गर्नु रहेको बताइएको छ ।
हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ, जसमध्ये केहीसँग पहिले हमासको सशस्त्र शाखामा नेतृत्व सम्हालेको अनुभव छ ।
रिपोर्टका अनुसार, हमासले फोन कल र टेक्स्ट सन्देशहरू मार्फत यो आदेश जारी गरेको थियो । उक्त सन्देशमा यसको लक्ष्य ’गाजालाई अपराधी र इजरायलका सहयोगीहरूबाट मुक्त गर्नु’ रहेको भनिएको छ । लडाकुहरूलाई २४ घण्टाभित्र समग्र अवस्थाबारे रिपोर्ट गर्न पनि भनिएको छ ।
गाजाबाट प्राप्त रिपोर्टहरूका अनुसार, हमासका सशस्त्र एकाइहरू पहिले नै धेरै क्षेत्रहरूमा तैनाथ भइसकेका छन्, केहीले सामान्य पोशाकमा र अरू गाजा प्रहरीको पोशाकमा छन् ।
युद्ध समाप्त भएपछि गाजामा कसले शासन गर्नेछ भन्ने बारेमा बढ्दो अनिश्चितताको बीचमा हमासको परिचालन व्यापक रूपमा अपेक्षित थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ । शान्ति योजनाबारे ट्रम्पको प्रस्तावमा हमासलाई निःशस्त्रीकरण गर्नुपर्ने भनिएको थियो ।
बीबीसीसँगको कुराकानीमा विदेशमा रहेका हमासका एक अधिकारीले सुरक्षा तैनाथीको रिपोर्टमा प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरे पनि उनले आफ्ना हतियारहरू वैध भएको बताएका छन् ।