काठमाडौँ । हमासको सशस्त्र समूह कसम ब्रिगेडले घोषणा गरेलगत्तै इजरायली सेनाले पनि बन्दीहरूको शव रेडक्रसले बुझ्ने जानकारी दिएको छ।
इजरायली सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार, रेडक्रसका अधिकारीहरू दक्षिणी गाजामा रहेको भेटघाट स्थलतर्फ जाँदैछन्, जहाँ उनीहरूलाई बन्दीहरूको शव राखिएका बाकस हस्तान्तरण गरिनेछ।
यो घोषणा हमासको सशस्त्र समूहले आज दिनको अन्त्य हुनु अगावै चार जना बन्दीको शव रिहा गर्ने बताएपछि आएको हो।
हमासको सशस्त्र शाखा कसम ब्रिगेडले विज्ञप्ति जारी गर्दै मृत बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी, विपिन जोशी र डेनियल पेरेजको रूपमा गरेको थियो। उनीहरूको शव आजै हस्तान्तरण गरिने कसम ब्रिगेडले जनाएको छ।
सअघि, हमासले गाजामा रहेका बाँकी २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको थियो, तर उसले अझै पनि केही मृत इजरायली बन्दीहरूको शव नियन्त्रणमा राखिरहेको छ।