बेलायत सरकारले अवैध आप्रवासी फिर्ता नलिने देशका नागरिकको भिसा रोक्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायतले अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भिसा रोक्ने भएको हो।
बेलायतका गृहमन्त्री शबाना महमुदले अवैध आप्रवासन रोक्न र फिर्ता प्रक्रियामा सहयोग नगर्ने देशलाई कारबाही गर्ने उद्देश्यले यस्तो कदम उठाइएको बताईन्। कतिपय देशहरूले आवश्यक कागजात समयमै नपठाएको र फिर्ता प्रक्रियामा सहयोग नगरेको गृहमन्त्रालयको आरोप छ। हाल बेलायतमा हजारौँ अवैध आप्रवासी तथा अपराध मुद्दामा परेका व्यक्तिहरू रहेका कारण फिर्ता प्रक्रिया छिटो सुधार गर्न सरकार दबाब बढाइरहेको छ। भारतले पनि आफ्ना अवैध आप्रवासी फर्काउन ढिलाइ गरेको आरोप छ, र आउँदो वर्ष यस सूचीमा भारत पनि पर्न सक्ने अनुमान गरिएको छ।