बेलायतको युथ काउन्सिलरमा १५ वर्षीया नेपाली छात्रा चयन

आप्रवासन आप्रवासन

 

वेलायतमा अध्ययनरत नेपाली किशोरी टिया आचार्य हाउन्स्लो बरो अन्तर्गत युथ काउन्सिलरमा चयन भएकी छन्। फेल्थामस्थित रिभर एकेडेमीकी १५ वर्षीया टिया धेरै आवेदनमध्येबाट उत्कृष्ट ठहरिँदै काउन्सिल सदस्यका रूपमा छानिएकी हुन्। काउन्सिलका अनुसार टियाले प्रस्तुत गरेको विचार, उत्साह र नेतृत्व–क्षमताले उनी अन्य उम्मेदवारभन्दा अलग देखिएकी थिइन्। 
हाउन्स्लो युथ काउन्सिलले टियाको आगमनले स्थानीय बालबालिका र युवाका लागि सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ। युथ काउन्सिलरको रूपमा उनले युवाको आवाज प्रशासनसमक्ष पु¥याउने, नीतिगत छलफलमा योगदान गर्ने र नेतृत्व विकाससँग सम्बन्धित गतिविधिमा संलग्न हुने जिम्मेवारी पाउनेछिन्। 
टियाबाट समुदाय सुरक्षा, हिंसा विरुद्धका अभियान र युवा कल्याणसम्बन्धी परियोजनामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, उनी हाउन्स्लो बरोको तर्फबाट ‘राष्ट्रिय युथ पार्लामेन्ट’ मा पनि प्रतिनिधित्व गर्नेछिन्। 
बागलुङ पुख्र्यौली घर भएकी टिया वेलायतमा मात्र होइन, नेपालमा पनि एनिमल राइट्स, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि परोपकारी गतिविधिमा सक्रिय रहिएकी छिन्।