रोमानियाको सडकमा अस्ताए नेपाली युवक

आप्रवासन आप्रवासन

युरोपको रोमानिया पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ। 
ईश्वरपुर–६ का सलिन करिब १० महिनाअघि रोजगारका लागि बुखारेस्ट पुगेका थिए र पान फास्टफुडमा काम गर्थे। शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक काट्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको रोमानियाली प्रहरीले जनाएको छ। 
दुर्घटनाग्रस्त कार १८ वर्षीय रोमानियन युवकले चलाइरहेको पुष्टि भएको छ। सलिनको शव हाल बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शव नेपाल पठाउने तयारी भइरहेको तथा घटनाबारे परिवारलाई औपचारिक रूपमा जानकारी गराइएको सम्बन्धित निकायहरूले बताएका छन्।