पाइलटसहित सबै ६ जना सकुशल, खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

आप्रवासन आप्रवासन

काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा असन्तुलित भई हेलिकप्टर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

क्यानका अनुसार दुर्घटनामा परेको ‘९ एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टरमा सवार सबै जना सुरक्षित रहेका छन् । हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार थिए । दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।

aa1a1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११: ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११: ५१ बजे दुर्घटनामा परेको थियो । अवतरणका क्रममा असन्तुलित भएर  हेलिकप्टर पल्टिएको प्राधिकरणले जनाएको छ । साथै, उक्त हेलिकप्टरमा कुनै पनि शव बोकिएको भन्ने हल्ला सत्य नरहेको पनि क्यानले स्पष्ट पारेको छ ।

घटनास्थलमा रहेका यात्रु तथा चालक दलको उद्धारका लागि काठमाडौँबाट अर्को हेलिकप्टर खोटाङतर्फ प्रस्थान गरिसकेको छ।

Condition of Helicopter after Accident in Khotang. Everyone is safe.