अस्ट्रेलियाको बेरोजगारी दर ४.३% ले बढ्यो

आप्रवासन आप्रवासन

अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत  पुगेको छ । जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो । जनवरी र फेब्रुअरीको बीचमा रोजगार प्राप्त अस्ट्रेलियालीको संख्या ४८ हजार ९ सयले बढेको छ ।

यद्यपि, सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको संख्यामा ३५ हजार (अर्थात ५.६ प्रतिशत)ले वृद्धि भएका कारण रोजगारीको त्यो वृद्धिलाई यसले सन्तुलित गरिदिएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन र अस्ट्रेलियन एसोसिएटेड प्रेसले जानकारी दिएअनुसार अर्थशास्त्रीहरूले फेब्रुअरीमा बेरोजगारी दर ४.१ प्रतिशत मै स्थिर रहने अपेक्षा गरेका थिए । रोजगारीमा देखिएको यो वृद्धि मुख्यतया आंशिक समय (पार्ट-टाइम) को रोजगारीका कारण भएको हो । जसमा ७९ हजार ४ सयले वृद्धि भयो। अर्कोतर्फ, पूर्णकालीन (फुल-टाइम) रोजगारीमा रहेका मानिसहरूको संख्या भने ३० हजार ५ सयले घटेको छ ।