पश्चिम एसियाका इजरायली र अमेरिकी विश्वविद्यालयलाई निशाना बनाउने इरानको चेतावनी

आप्रवासन आप्रवासन

 इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले पश्चिम एसिया क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ । यो चेतावनी तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी तेहरानमा आक्रमणपछि आएको हो ।

आईआरजीसीले एक वक्तव्य जारी गर्दै क्षेत्रका सबै विश्वविद्यालयहरूलाई वैध लक्ष्य मानिने जनाएको छ । उसले इरानी विश्वविद्यालयहरूमा भएको आक्रमणको बदलामा दुई विश्वविद्यालयमा प्रहार नभएसम्म यस्तो अवस्था कायम रहने चेतावनी दिएको छ । वक्तव्यमा भनिएको छ, ‘हामी क्षेत्रका अमेरिकी विश्वविद्यालयका कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा आसपासका बासिन्दालाई सुरक्षा सुनिश्चित गर्न यस्ता विश्वविद्यालयहरूबाट कम्तीमा १ किलोमिटर टाढा बस्न सल्लाह दिन्छौँ ।’

साथै, आईआरजीसीले अमेरिकाले इरानी विश्वविद्यालयहरूमा भएको बम आक्रमणको निन्दा नगरेमा अमेरिकी संस्थाहरू पनि प्रतिकारको निशानामा पर्न सक्ने चेतावनी दिएको छ । यसका लागि उसले मार्च ३० अर्थात् मंगलबार दिउँसो १२ बजेसम्मको समयसीमा तोकेको छ ।