वैदेशिक रोजगारीका कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचीकृत हुन मन्त्रालयको आह्वान

आप्रवासन आप्रवासन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूलाई सूचीकृत हुन निवेदन दिन आह्वान गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीको व्यवस्थाका साथै मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न यस्तो सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ।

सूचनाअनुसार निजी तथा सरकारी दुवै स्वास्थ्य संस्थाले स्वीकृतिप्राप्त स्वास्थ्य परीक्षण गर्ने अनुमति, संस्था दर्ता, सञ्चालकको नागरिकता, प्यान, संस्थाको विवरण, लेखापरीक्षण तथा अन्य आवश्यक कागजात र विवरण पेश गर्नुपर्नेछ। मन्त्रालयले विदेश जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई व्यवस्थित, विश्वसनीय र मानकअनुसार बनाउन यो प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

h1h2