नेपालका लागि स्वीस राजदूत डा।डानिएल मेउव्लीले आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भइरहेका गतिविधिबारे छलफल भएको थियो । साथै, दुई देश बिचको विकास सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरिएको थियो ।
त्यस अवसरमा राजदूत मेउव्लीले नेपालमा जारी संक्रमणकालीन न्याय प्रक्रियामा स्विट्जरल्यान्डले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएको बताइएको छ ।