पोल्यान्डमा घुम्ती शिविर

पोल्यान्डमा रहेका नेपाली लक्षित पासपोर्ट घुम्ती शिविर हुँदै

आप्रवासन आप्रवासन

पोल्यान्डमा रहेका नेपाली लक्षित पासपोर्ट नवीकरण घुम्ती शिविर हुने भएको छ । पोल्यान्डमा नेपाली दूतावास नभएकाले जर्मनीस्थित नेपाली दूतावासले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

आउँदो अप्रिल २, ३ र ४ तारिख गरी तीन दिन शिविर चल्ने छ ।  घुम्ती सेवा सञ्चालन हुने स्थान बारेमा अर्को सूचनामार्फत जानकारी गराइने दूतावासले जनाएको छ । 

सन् २०२६ अप्रिल २ भन्दा अगावै नेपाली राहदानीको म्याद सकिन लागेका पोल्यान्डमा बस्दै आएका नेपालीले नवीकरण गर्न सक्नेछन् ।

पोल्यान्डमा आवश्यक कागजातमा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि रहेका छन् ।

राहदानी विभागको वेबसाइटमा रीतपूर्वक भरिएको अनलाइन फारामको बारकोडसहितको प्रिन्ट पनि राहदानी सेवाका लागि अनिवार्य गरिएको छ ।

पोल्याण्डमा करिब ५ हजार नेपाली छन् । आर्थिक वर्ष २०८०८१ मात्र श्रम स्वीकृति लिएर १ हजार ९६९ नेपाली पोल्याण्ड गएका छन् ।

तर दूतावास नहुँदा र पासपोर्ट नवीकरण गर्नुपर्ने बेला आएकाले पोल्यान्डमा १ हजार नेपाली मारमा परेका छन् ।