स्ट्रेट अफ होर्मुज प्रवेश गर्ने विदेशी सेनामाथि आक्रमण गर्ने इरानकाे चेतावनी

आप्रवासन आप्रवासन

 इरानले स्ट्रेट अफ होर्मुज क्षेत्रमा प्रवेश गर्न खोज्ने कुनै पनि विदेशी सैन्य शक्तिमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । यो चेतावनी खतम अल–अंबिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अलि अब्दुल्लाहीले सोमबार दिएका हुन् । 

उनका अनुसार ‘विशेषगरी अमेरिकी सेना लगायत कुनै पनि बाह्य सैन्य शक्ति उक्त क्षेत्रमा प्रवेश गर्न खोजेमा त्यसलाई आक्रमण गरिनेछ ।’ स्ट्रेट अफ होर्मुजको सुरक्षा पूर्ण शक्तिका साथ सुनिश्चित गरिने पनि उनले बताए ।

अब्दोल्लाहीले व्यावसायिक जहाज र तेल ट्याङ्करहरूलाई पनि इरानी सेनासँग समन्वय नगरी उक्त जलमार्ग प्रयोग नगर्न आग्रह गरेका छन्, अन्यथा उनीहरूको सुरक्षामा जोखिम पर्न सक्ने चेतावनी दिएका छन् । 

अमेरिकाले उक्त क्षेत्रमा अलपत्र परेका जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गर्ने योजना घोषणा गरेकै बेलामा इरानको यो धम्की आएको हो । स्ट्रेट अफ होर्मुज आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकाले ‘आक्रामक कदम’ चालेमा अवस्था झन् जटिल हुने र जहाजहरूको सुरक्षा जोखिममा पर्ने इरानले जनाएको छ ।