'फ्री भिषा फ्री टिकट' मा  मलेसिया पठाइदिन्छु भन्दै १५२ पासपोर्टसहित दुई व्यक्ति प्रक्राउ

आप्रवासन आप्रवासन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रन्जु कुमारी साह र माइती माया थोकर रहेका छन्।

 बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी पिर् भिषा पिर् टिकेट र अन्य बाहानमा झुटो आस्वासन देखाई  विदेश पठाउने बाहानमा यस्ता घटना हाल बढ्दै गहिरहेका  छन् ।  

यस्तै उक्त घटनामा संलग्न दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला रौतहट गरुड नगरपालिका वडा नम्बर ९ निवासी हाल काठमाडौँ महानगरपालिका बडा नम्बर ३१ बस्दै आएकी  ४१ वर्षीय रन्जु कुमारी साह र जिल्ला मकवानपुर बागमती गाउँपालिका निवासी हाल जिल्ला काठमाडौँ चन्द्रगिरि नगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएकी  ३८ वर्षीय माइती माया थोकरलाई यही बैशाख १८ गते प्रहरीले  पक्राउ गरि हिजो  उनिहरुको  नाम सार्वजनिक गरेको  सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्रर कार्कीले जानकारी दिनुभएको हो । 


त्यस्तै उनीहरूले पिर् भिषा पिर् टिकेट तथा पीडितहरूको स्वास्थ्य परिक्षण र प्रहरी रिपोर्टका लागि १५२ जनाबाट प्रतिव्यक्ति १२ हजारका दरले  उनान्चालिस लाख पचपन्न हजार रुपैयाँ रकम असुली  समेत गरेका थिए । साथै उनीहरूले पीडित व्याक्तिहरुलाई बैशाख  १८ गते फ्लाइट रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा कागजात समेत लिन बोलाएका थिए । साथै उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि  जिल्ला प्रहरी परिसर भद्रकाली , काठमाडौँ पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभएको छ ।