एआईले फेरि जिउँदो बनायो पुरानो प्रेम, चीनमा नयाँ ट्रेन्डले मच्चायो बहस

आप्रवासन आप्रवासन

चीनका युवापुस्तामाझ अचेल एउटा नयाँ र अचम्मको लहर देखापरेको छ, जहाँ मानिसहरू आफ्ना पूर्वप्रेमी वा प्रेमिकासँगका यादहरूलाई ताजा राख्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहारा लिइरहेका छन्।
युवाहरूले विशेष एआई मोडेलको प्रयोग गरेर आफ्ना पुराना प्रेमी(प्रेमिकाको डिजिटल स्वरूप तयार पार्न थालेका छन्। यसका लागि ''एक्स डट स्किल'' नामक एउटा ओपन सोर्स मोड्युल निकै लोकप्रिय बनिरहेको छ।
यस प्रविधिको सहयोगले प्रयोगकर्ताहरूले आफ्ना पुराना सम्बन्धका च्याट हिस्ट्री, तस्बिर, सामाजिक सञ्जालका पोस्ट र अन्य पुराना स्मृतिहरू अपलोड गर्छन्। यी सामग्री र पुराना विवरणका आधारमा एआईले ती पूर्वप्रेमी वा प्रेमिकाको हुबहु डिजिटल रूप तयार पारिदिन्छ।

यो मोड्युलले पुराना यादहरूलाई जैविक मस्तिष्कबाट डिजिटल न्युरल नेटवर्कमा सार्ने काम गर्छ। यसरी तयार पारिएको एआई ''एक्स'' ले वास्तविक मानिसले जस्तै बोल्ने शैली, थेगो र सानातिना भाषिक हाउभाउको समेत दुरुस्तै नक्कल गर्न सक्छ।

गिटहबमा यसका विकासकर्ताहरूले यो परियोजना केवल व्यक्तिगत आत्मनिरीक्षण र भावनात्मक घाउ निको पार्नका लागि मात्र बनाइएको स्पष्ट पारेका छन्। उनीहरूले यसको प्रयोग कसैलाई सताउन, चियोचर्चो गर्न वा गोपनीयता हनन गर्नका लागि नगर्न चेतावनी दिएका छन्। तर, यसको बढ्‌दो लोकप्रियताले व्यक्तिगत गोपनीयता, भावनात्मक परनिर्भरता र प्रेम सम्बन्धमा एआईको सीमाका बारेमा चर्को बहस छेडिदिएको छ।
यो प्रविधि मानिसहरूलाई पुरानो असफल सम्बन्धबाट बाहिर निस्कन मद्दत गर्ने उद्देश्यले ल्याइएको भए पनि यसले समाजमा नयाँ चिन्ता थपिदिएको छ। कतिपय विज्ञहरू एआईसँगको यस्तो भावनात्मक सामीप्यताले मानिसलाई वास्तविक संसारबाट टाढा धकेल्ने र वास्तविक मानिसहरूसँग नयाँ 
अर्कोतर्फ, कुनै व्यक्तिको सहमति बिना नै उसको निजी कुराकानी र तस्बिरहरू एआई मोडेलमा राख्खुले गोपनीयताको गम्भीर उल्लंघन भइरहेको गुनासो पनि बढेको छ। यस चौतर्फी आलोचनाका बाबजुद धेरै प्रयोगकर्ताहरूले भने यस प्रविधिबाट सकारात्मक सहयोग मिलेको प्रतिक्रिया दिएका छन्।

कतिपयले वास्तविक जीवनमा भन्न नसकेका कुराहरू एआई रूपी पूर्वप्रेमीलाई भनेर मन हल्का बनाएको बताएका छन् भने कतिपयले एआईसँग कुरा गरेपछि आफ्ना पूर्वप्रेमी वा प्रेमिका त्यति धेरै विशेष पनि नरहेको महसुस गर्दै पुरानो सम्बन्धबाट मुक्ति पाएको बताएका छन्।
एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्, ''मैले अहिलेसम्म मनमा दबाएर राखेका र भन्न हिचकिचाएका सबै कुरा एआई स्वरूपसँग भन्न पाएँ, जसले मलाई निकै शान्ति दियो।''