वैदेशिक रोजगारीमा हुने ठगी, नक्कली डिमान्ड र शङ्कास्पद एजेन्टहरूको गतिविधि नियन्त्रण गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ।
यही वैशाख २५ गते शुक्रवार जारी गरेको सूचना अनुसार वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत प्राप्त संस्थाले वैदेशिक रोजगारीमा मानिस पठाउनु पूर्व स्वीकृत प्राप्त भएपछि मात्रै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिमको विवरण खुल्ने गरी कामदार छनौट गर्न र नेपाली भाषामा प्रकाशन गर्नुपर्ने भागले जनाएको छ ।

यस्तै नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नु पर्ने व्यवस्था समेत लागु गरिएको छ । त्यस्तै सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गरे पश्चात् अनिवार्य रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एप र श्रम संसार जीओभी डट एन्पि मा पनि अनिवार्य रूपमा प्रकाशन गर्न वा गराउन पनि आग्रह गरिएको छ ।
त्यसै गरी, अब यस्तो विज्ञापन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एपमा पनि जानकारी प्राप्त हुने विभागले जनाएको छ । अब सरकारको यो कदमले फेक डिमान्ड, झुट्टा सूचना र ठगी गर्ने एजेन्टहरूलाई नियन्त्रण गर्ने अपेक्षा समेत गरिएको छ।