कोरियामा कार्यरत नेपाली श्रमिकहरुको  गुनासो संकलन सम्बन्धि अत्यन्त जरुरी सुचना

आप्रवासन आप्रवासन

कोसरया स्थित नेपाली राजदूतावासले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुको  गुनासो संकलन गर्न सूचना जारी गरेको छ।

राजदूतावासले श्रमिक र रोजगारदाताबीच भएको श्रम सम्झौताअनुसार तलब, भत्ता, आवासलगायत सेवा–सुविधा प्राप्त भए — नभएको तथा श्रम सम्झौताको कार्यान्वयन अवस्थाबारे विवरण संकलन गर्न लागेको जनाएको हो।

संकलित विवरणका आधारमा श्रम सम्झौता कार्यान्वयन तथा श्रमिकका गुनासो सम्बोधनका लागि आवश्यक पहल गरिने राजदूतावासले उल्लेख गरेको छ।

राजदूतावासले सम्बन्धित श्रमिकहरूलाई सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र आवश्यक विवरण इमेलमार्फत पठाउन आग्रह  समेत गरेको छ।  यस्तै गुनासोसँग सम्बन्धित विवरणमा गुनासो कर्ताको नाम, सम्पर्क नम्बर, गुनासोको विषय, श्रम सम्झौतामा भएको व्यवस्था, सम्बन्धित कम्पनीको नाम तथा फोन नम्बर र कम्पनीमा कार्यरत नेपाली श्रमिकको संख्या उल्लेख गर्न समेत अनुरोध गरिएको छ।

 साथै  गुनासो पठाउनका लागि [email protected]
 तथा [email protected]
 इमेल प्रयोग गर्न सकिने जनाइएको छ।