चीनमा ट्रम्पभन्दा बढी चर्चामा मस्कका ६ वर्षीय छोरा ‘लिटिल एक्स’

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने राजकीय भ्रमणका क्रममा चीनको राजधानी बेइजिङ पुगेका छन्। भ्रमणका क्रममा उनले चिनियाँ नेतृत्वसँग औपचारिक भेटवार्ता, राजकीय रात्रिभोज तथा विभिन्न विशेष कार्यक्रममा सहभागिता जनाएका छन्। आज उनको भ्रमण सम्पन्न गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

ट्रम्पको भ्रमण टोलीमा अमेरिकी ठूला कम्पनीका मालिक, प्रमुख कार्यकारी अधिकृत र डलर अर्बपतिहरूको उल्लेख्य उपस्थिति रहेको छ। टोलीमा रहेका चर्चित अर्बपति इलन मस्कका ६ वर्षीय छोरा “लिटिल एक्स” भने अहिले सामाजिक सञ्जालमा चर्चाको मुख्य विषय बनेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र तस्बिरहरूमा लिटिल एक्स ड्र्यागन आकारको सानो ब्याग बोकेर उच्चस्तरीय कार्यक्रममा सहभागी भएको देखिन्छ। कतिपय दृश्यमा उनी ट्रम्पको टोलीसँगै हिँडिरहेका तथा चिनियाँ शैलीको पोशाकमा देखिएका कारण इन्टरनेटमा व्यापक चर्चा भएको हो।

Trump China visit LIVE updates: US President, Xi Jinping continue US-China  summit with discussions on Iran, trade and Taiwan

भ्रमण टोलीमा टिम कुक र जेन्सेन हुआङ जस्ता प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि सहभागी छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “सबैको ध्यान लिटिल एक्सले खिचे” भन्दै प्रतिक्रिया जनाइरहेका छन्।

यसअघि पनि ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि लिटिल एक्सलाई ह्वाइट हाउस र ओभल अफिसमा देखाइएको थियो, जहाँबाट उनी पहिलोपटक सार्वजनिक रूपमा चर्चामा आएका थिए।

Elon Musk's 6-Year-Old Son Attends Trump's Beijing Summit with His Dad