भारतका मुख्य मन्त्री भिजय थलपति सामाजिक सञ्जालमा भाईरल

आप्रवासन आप्रवासन

भारतका मुख्य मन्त्री भिजय थलपति अहिले सामाजिक सञ्जालमा भाईरल बनिरहेका छन् । 

 उनले आफ्नो घरबाट ल्याएको टिफिन कार्यालयमै बसेर भोजन गरिरहेको उनको एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  
तस्वीर सार्वजनिक भएपछि फेसबुक, एक्स र इन्स्टाग्राममा व्यापक प्रतिक्रिया आएको छ। कतिपयले सरकारी सुविधाभन्दा व्यक्तिगत अनुशासन र सरलतालाई प्राथमिकता दिएको भन्दै प्रशंसा गरेका छन्।

भारतको तामिल नाडुको मुख्यमन्त्री बनेपछि पनि मन्त्री भिजय थल पतिको सादारर्ण जीवनशैली चर्चामा आएको छ। विजय दक्षिण भारतीय फिल्म उद्योगका अत्यन्त लोकप्रिय अभिनेता समेत रहेका हुन्। पछिल्ला वर्षहरूमा उनले राजनीतिमा सक्रिय प्रवेश गरेका छन्। उनको लोकप्रियता विशेषगरी युवामाझ धेरै रहेको छ।

यस्तै उनका धेरै फिल्महरू सामाजिक न्याय, भ्रष्टाचारविरुद्धको आवाज, र युवाको संघर्षमा आधारित रहेका छन्। त्यस्तै यिनै भूमिकाले उनलाई “जनताको नायक” जस्तो छवि बनाउन मद्दत  समेत गरेको छ ।