दक्षिण कोरियाद्वारा सञ्चालित एक तेल ट्यांकरले स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित रूपमा यात्रा गरिरहेको छ ।
दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनका अनुसार करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको उक्त जहाज इरानी अधिकारीहरूसँग समन्वय गरेर अघि बढिरहेको हो ।
सोलमा सांसदहरूलाई जानकारी दिँदै मन्त्री चोले इरानी पक्षसँगको परामर्श पूरा भएपछि जहाजले यात्रा सुरु गरेको र अहिले अत्यन्त सतर्कताका साथ स्टे«ट पार गरिरहेको बताएका छन् । उनका अनुसार यो युद्धपछि उक्त संवेदनशील समुद्री मार्गबाट गुज्रने पहिलो दक्षिण कोरियाली व्यवस्थापनमा रहेको जहाज हो ।
केही साताअघि सोही क्षेत्रमै दक्षिण कोरियाली सञ्चालनमा रहेको एचएमएच नामु नामक गरेको जहाज अज्ञात प्रक्षेप्यहरूले लागेर क्षतिग्रस्त भएको थियो । यस घटनामा चालक दलका एक सदस्य सामान्य घाइते भएका थिए । इरान र दक्षिण कोरियाबीच यस घटनाबारे नजिक र गम्भीर छलफल जारी रहेको समयमा यो खबर आएको हो ।