पाकिस्तानमा रेलमा आक्रमण : २३ जनाको मृत्यु, ५३ जना गम्भीर घाइते

आप्रवासन आप्रवासन

 

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटास्थित चमन गेट नजिकै एउटा यात्रुवाहक रेललाई लक्षित गरेर आक्रमण गरिएको छ । रिपोर्टका अनुसार गेट नजिकैबाट गुडिरहेकाे यात्रुले खचाखच भरिएको यात्रुवाहक रेललाई लक्षित गरी गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् । 

मिडिया रिपोर्टका अनुसार सुरक्षा बलले सो क्षेत्रलाई घेराबन्दी गरेको छ । विस्फोटमा घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा पुर्‍याइएको छ, जहाँ धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । यस घातक आत्मघाती आक्रमणको प्रारम्भिक अनुसन्धानले यो एक सुनियोजित आक्रमण भएको पत्ता लगाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।