स्ट्रेट अफ होर्मुज युद्ध अघिको अवस्थामा फर्किँदैन : इरानी सञ्चारमाध्यम

आप्रवासन आप्रवासन

 

तास्निम न्युज एजेन्सीले अमेरिका र इरानबिच भएको भनिएको सहमतिअनुसार स्ट्रेट अफ होर्मुज युद्ध पूर्वको अवस्थामा नफर्कने जनाएको छ ।

इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) सँग निकट मानिने उक्त समाचार संस्थाले बिहानभर अमेरिका–इरानबिच भएको सम्झौताका विवरण सार्वजनिक गरिरहेको छ । तर अहिलेसम्म अमेरिकाले कुनै पनि सम्झौताबारे औपचारिक पुष्टि गरेको छैन । तास्निमका अनुसार स्ट्रेट अफ होर्मुज यथास्थितिमा नफर्किए पनि त्यहाँबाट आवतजावत गर्ने जहाजहरूको सङ्ख्या भने ३० दिनभित्र युद्धअघिको स्तरमा पुग्न सक्नेछ । समाचारमा इरानले स्ट्रेटमाथि आफ्नो सार्वभौमिक अधिकार कायम राख्ने विषयमा जोड दिएको उल्लेख छ । 

रिपोर्टअनुसार इरानले स्ट्रेटमाथि आफ्नो सार्वभौमसत्ता प्रयोगमा जोड दिएको हो । यससँगै अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने तथा बाहिरिने जहाजमाथि लगाएको नौसैनिक नाकाबन्दी ३० दिनभित्र ‘पूर्ण रूपमा’ हट्नुपर्ने माग पनि गरिएको बताइएको छ ।