अल अरेबिया न्युज च्यानलले इरान र अमेरिका बिचको वार्ता जुन ५ मा हुने भन्दै समाचार प्रकाशित गरेको छ । इरान र अमेरिका बिचको सम्भावित प्रारम्भिक सम्झौतालाई इस्लामवाद घोषणापत्र भनिनेछ ।
यो प्रारम्भिक सम्झौता एक समझदारी ज्ञापनपत्र (एमओयू) हुने र त्यसपछि अन्तिम मुद्दाहरूमा व्यापक सम्झौतामा पुग्न वार्ता हुने समेत समाचारमा उल्लेख छ । पाकिस्तानले वार्ताकार पक्षहरूको उपस्थिति बिना नै यो एमओयू घोषणा गर्ने बताइएको छ ।
‘अमेरिका र इरानबिचको अर्को चरणको वार्ता जुन ५ मा हुनसक्छ । वार्ता सुरु हुँदा वासिङ्टन र तेहरान आ–आफ्ना प्रतिनिधिमण्डलका प्रमुखहरू सहित आइ पुग्नेछन्’ समाचारमा भनिएको छ ।