भारतमा नक्कली वकिल र ककरोच जनता पार्टी (सीजेपी)सँग सम्बन्धित गतिविधिहरूको अनुसन्धान गर्न मागसहित सर्वाेच्च अदालतमा याचिका दायर गरिएको छ । सीजीपे हालै उदाएको भारतीय व्यङ्ग्यात्मक डिजिटल समूह हो, जसले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
याचिकामा अदालतको कार्यवाहीको क्रममा गरिएका मौखिक टिप्पणीहरू कथित रूपमा प्रयोग व्यावसायिक लाभको लागि प्रयोग गर्ने व्यक्तिहरू विरुद्ध कारबाहीको माग गरिएको छ ।
नक्कली डिग्री प्रयोग गरेर कानुन अभ्यास गर्ने कथित नक्कली वकिलहरूको अनुसन्धान गर्न पनि याचिकामा माग गरिएको छ । अदालतको कारबाहीको क्रममा गरिएका टिप्पणी र अवलोकनहरू प्रचार प्रसार अभियानका लागि प्रयोग गरिरहेको याचिकामा दाबी गरिएको छ । सुनुवाइको क्रममा भारतका प्रधानन्यायाधीश न्यायाधीश सूर्यकान्तले साङ्ला र परजीवीबारे एउटा टिप्पणी गरेका थिए । उनको यही विवादित टिप्पणी पछि कक्रोच जनता पार्टीको जन्म भएको हो ।
सीजेपीका संस्थापक दिपकेको घरलाई सुरक्षा
महाराष्ट्रको छत्रपति संभाजीनगरको एमआईडीसी वालुज क्षेत्रमा रहेको ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेको घरमा प्रहरी सुरक्षा दिइएको छ । प्रहरी अधिकारी पंकज अतुलकरले आइतबार यो घोषणा गरेका हुन् । बेरोजगारी, परीक्षा पत्र चुहावट, शिक्षासँग सम्बन्धित मुद्दा र राजनीतिक बयानहरू मार्फत सीजेपी पछिल्लो समय भारतमा भाइरल भइरहेको छ ।
दिपकेको घरमा २४सैं घण्टा सामान्य प्रहरी सुरक्षा प्रदान गरिएको बताइएको छ । सीजेपीको मुद्दा हाल सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । डीसीले सुरक्षा धम्कीका कारण सुरक्षा दिइएको कुरा अस्वीकार गरेका छन् । दिपकेको घरमा भीड जम्मा हुनबाट रोक्न यो कदम चालिएको बताइएको छ ।