दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण: ३१ जनाको मृत्यु, ४० जना घाइते

आप्रवासन आप्रवासन

 

दक्षिण लेबनानका विभिन्न क्षेत्रमा मङ्गलबार भएका इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले जनाएअनुसार यी आक्रमणहरूमा अन्य ४० जना घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको थियो ।

विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठुलो सङ्ख्यामा मानवीय क्षति भएको विवरणमा उल्लेख छ ।