फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास

आप्रवासन आप्रवासन

 

फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ । अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ ।

दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको “स्टिल प्लान्ट” मा काम गरिरहेका चिनियाँ नागरिकलाई मे –१५ मा फिलिपिन्सका कानून अधिकारीहरूले हिरासतमा लिएका थिए ।

फिलिपिन्सको न्यायलयले चिनियाँ नागरिकहरूले फिलिपिन्सको आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लङ्घन गरेको प्रमाणीत हुने अपर्याप्त प्रमाण नभएको उल्लेख गर्दै उनीहरूलाई रिहा गर्न आदेश दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

चिनियाँ दूतावासले यो विषयलाई विशेष महत्वका साथ लिएको बताएको छ । यसले फिलिपिन्सका सम्बन्धित अधिकारीहरूसँग निष्पक्ष, द्रुत र कानुनी समाधान तथा चिनियाँ नागरिकको अधिकारको पूर्ण संरक्षणको माग गरेको जनाइएको छ ।

दूतावासले फिलिपिन्समा चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा तथा अधिकारको रक्षा जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई कानून र नियमहरूको कडाईका साथ पालना गर्न सुझाव दिएको छ ।