लेबनानमा इजरायली आक्रमणपछि घरको भग्नावशेषमा फसेका सात वर्षीय बालकलाई उद्धारकर्ताहरूले बाहिर निकालेका छन् । आक्रमणमा बालकका बाबु र दिदीको मृत्यु भएको थियो ।
बालकको अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा आफ्ना बाबु र दिदीबहिनीले ज्यान गुमाएको अहिलेसम्म उनलाई जानकारी दिइएको छैन । गत अप्रिलमा इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा युद्धविराम लागू भएको थियो ।
त्यसयता लेबनानमा इजरायलले गरेको यो सबैभन्दा ठूलो आक्रमण हो । दुवै पक्षबाट कैयौँ पटक युद्धविराम उल्लङ्घन भएको छ । इजरायली सेनाले हिजबुल्लाहका १०० भन्दा बढी स्थानलाई निशाना बनाएको र सर्वसाधारणलाई निशाना नबनाएको बताएको छ।
इजरायल र लेबनान बीचको यो युद्धविराम सम्झौतामा हिजबुल्लाहको प्रत्यक्ष संलग्नता थिएन।