इजरायलले लेबनानमा बुधवार पनि आक्रमण गरेको छ । चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले साे आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेको छ ।
यसैबिच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाँकु विमान लाई रोकेको बताएको छ । इजरायली अधिकारीहरूले हेजबुल्लाहले उत्तरमा इजरायली समुदायहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गर्दै प्रतिक्रीयामा इजरायी सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
उता लडाकु समुह हेजबुल्लाहले भने तत्काल उत्तरी इजरायलमा कुनै पनि आक्रमण गरेकोे दाबी गरेको छैन । इजरायली तथा लेबनानी कूटनीतिक अधिकारीहरुले गत मार्चमा सुरु गरेको युद्व– विराम वार्ताको चौथो चरणको वार्ताको रुपमा बुधबार वासिङ्टनमा प्रत्यक्ष वार्ता गर्ने तयारी गरिरहेको जनाइएको छ ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले राजधानीको दक्षिणी क्षेत्रलाई उल्लेख गर्दै उक्त क्षेत्रको खलदेह सडकमा रहेको कारलाई लक्षित गरी इजरायलले आक्रमण गरेको रिपोर्ट गरेको छ । बेरुतलाई देशको दक्षिणी क्षेत्रसँग जोड्ने मुख्य राजमार्गमा रहेको घटना स्थलमा घाइतेको उद्धारको लागि एम्बुलेन्सहरु कुदिरहेको जनाइएको छ ।
एनएनएले बुधबार देशको दक्षिणका करिब २० स्थानमा आक्रमण भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले दक्षिण लेबनानका धेरै गाउँका बासिन्दाहरूलाई त्यहाँ आक्रमण हुनुअघि खाली गर्न चेतावनी दिएको जनाइएको छ ।
दक्षिण लेबनानको टायरको एक चिकित्सा स्रोतलाई उल्लेख गर्दै एएफपीले बुधबार तटीय सहर नजिकैको अल–हाव्स क्षेत्रमा भएका दुई वटा इजरायली आक्रमणमा चार जना सिरियाली नागरिक र दुई जना प्यालेस्टिनी सहित छ जनाको मृत्यु भएको जनाएको छ ।
मङ्गलबार इजरायली सेनाले हिज्बुल्लाहका केहि सदस्यहरूले टायरको क्रिश्चियन क्वार्टरमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिी जारी गरेको थियो भने उक्त समूह त्यहाँ रहि रहेमा स्थानीय मानिसहरूलाई त्यहाँबाट अनेत्र सुरक्षित स्थानमा जान आदेश दिने चेतावनी दिएको थियो ।
सुरम्य समुद्री किनारको जिल्लालाई अहिले सम्म इजरायली सेनाको निकासी चेतावनी र टायर सहर र यसको वरपरका भागहरूलाई लक्षित गर्ने आक्रमणहरूबाट जोगाएको जनाइएको छ ।
एएफपीले बुधबार टायरको अवस्था अपेक्षाकृत र शान्त रहेको तथा इसाई क्वार्टरको छेउमा विभिन्न कार तथा शरणार्थी शिविरमा सुतिरहेका केही मानिसहरू इजरायली सेनाले जारी गरेको निकाशी आदेश पछि सहरका अन्य नजिकका भागहरूमा गएको बताइएको छ ।
स्थानीय बासिन्दाहरूलाई सान्त्वना तथा आश्वासन दिने उद्देश्यले लेबनानी सेनाका गुप्तचर अधिकारी र एक इसाई धार्मिक व्यक्तित्वका साथ सहरका मेयरले मङ्गलबार यस क्षेत्रको स्थलगत भ्रमण गरेको जनाइएको छ ।
पछिल्लो समयमा इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा निरन्तरको भूमि कब्जा र आक्रमण जारी राखेपछि लडाइँ र इजरायली आक्रमणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।