गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते

आप्रवासन आप्रवासन

 

इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाएपछि पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको दैनिक प्रतिवेदनअनुसार उद्धारकर्मी तथा नागरिक सुरक्षा टोलीहरू अझै पनि भग्नावशेषमुनि फसेका वा सडक किनारमा घाइते अवस्थामा रहेका धेरै पीडितसम्म पुग्न नसकेको जनाएको छ ।

मन्त्रालयका अनुसार निरन्तर बमबारीका कारण केही क्षेत्रमा उद्धार कार्य गर्न अत्यन्त कठिन भएको छ, यसले मृतक र घाइतेको वास्तविक संख्या अझ बढी हुन सक्ने आशंका गरिएको छ ।

सन् २०२५ को अक्टोबरमा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा ९४७ जनाको मृत्यु भएको छ भने २ हजार ९३५ जना घाइते भएका छन् । त्यसैगरी, गाजाका विभिन्न क्षेत्रमा बमबारीपछि बनेका विशाल भग्नावशेषबाट हालसम्म ७८१ शव निकालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।