यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै अमेरिका र इजरायली आक्रमणहरू जारी रहे ‘अझ व्यापक र कडा’ प्रतिकार गर्ने चेतावनी दिएको छ । आईआरजीसीले अमेरिकासँग ‘ूसबै मोर्चाहरूमा युद्धविराम’ हुने सर्तमा युद्धविराम स्वीकार गरेको भए पनि अमेरिका र इजरायलले लेबनानमा आक्रमण गरेर उक्त प्रतिबद्धता पूरा नगरेको आरोप लगाएको छ ।
इरानले हर्मुज जलसन्धि, ओमानको खाडी र हिन्द महासागरमा इरानी तट र जहाजहरूमा बारम्बार आक्रमण गरेर युद्धविरामको उल्लङ्घन गरिएको दाबी गरेको छ । युद्ध अन्त्यका लागि वार्ताहरू भइरहे पनि पछिल्ला दिनहरूमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी जारी राखेको छ, जसका कारण दुवै पक्षबिच दोहोरो आक्रमणका शृङ्खलाहरू चलिरहेका छन् ।
आईआरजीसीले आज रातीको सैन्य कारबाहीलाई एउटा ‘चेतावनी मात्र भएको उल्लेख गर्दै यदि यस्ता आक्रमणहरू दोहोरिएमा अझ सशक्त रूपमा प्रस्तुत हुने स्पष्ट पारेको छ ।