स्ट्रेट अफ होर्मुजनजिक अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

आप्रवासन आप्रवासन

 

 स्ट्रेट अफ होर्मुजनजिक अमेरिकी सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको   । यसबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालकदल सुरक्षित रहेको बताएका छन् । 

 घटनामा हेलिकप्टरमा सवार दुई जना चालकदल सदस्यको उद्धार गरिएको बताइएको छ । हालसम्म हेलिकप्टर दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । 

न्युयोर्कमा एनबीए फाइनल खेल हेरेर फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘पाइलटहरू सुरक्षित छन्, कोही पनि घाइते भएका छैनन् ।’ 

घटनाबारे उनले थप विवरण नदिए पनि यस सम्बन्धमा भोलि औपचारिक प्रतिवेदन सार्वजनिक गरिने उनले जानकारी दिएका छन् ।