दुई हप्ताभित्र इरानमाथि पूर्ण विजयको घोषणा हुने ट्रम्पको दाबी

आप्रवासन आप्रवासन

 

अमेरिकाले इरानमाथि चाँडै पूर्ण विजय घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले यो घोषणा आगामी दुई हप्ताभित्र हुन सक्ने दाबी गरेका हुन् । 

ट्रम्पले यो टिप्पणी आफ्ना निकट सहयोगी सिनेटर लिन्डसे ग्राहमको समर्थनमा गरिएको एक टेलीर्‍यालीमा गरेका हुन् । ‘हामी एकदमै कडा टिम हौँ, र मलाई लाग्छ हामी यो लडाइँ जित्दैछौं, तर वास्तविक जित तपाईंले आगामी दुई हप्ताभित्र देख्नुहुनेछ, जब हामी पूर्ण विजयको घोषणा गर्नेछौ,’ उनले भने ।

तेलको मूल्य पनि घट्ने दाबी गर्दै यो विजय छिट्टै हुने उनले बताए । तर कुन सैन्य वा कूटनीतिक कदमबाट यो परिणाम आउनेछ भन्नेबारे उनले विस्तृत जानकारी दिएनन् । यो अभिव्यक्ति इरान र इजरायलबिच हालै देखिएको तनाव कम गर्ने प्रयाससँग सम्बन्धित घटनाक्रमपछि आएको हो । 

सोमबार नै इरानले इजरायलमाथिको आक्रमण रोक्ने घोषणा गरेको थियो, तर लेबनानमा इजरायली सैन्य गतिविधि जारी रहे कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएको थियो ।