अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार

आप्रवासन आप्रवासन

 

ओमानको तट नजिक अमेरिकी सैन्य कारबाहीपछि आगलागी भएको एक तेल ट्यांकरमा सवार २४ भारतीय चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । 

आगलागीमा परेको जहाज एम.टी. मारिभेक्स हो । घटनाको समयमा जहाज खाली रहेको बताइएको छ । सोमबार भएको घटनापछि जहाजमा आगो लागेको र केही समयपछि आपतकालीन अवस्थाको सूचना पठाइएको थियो । 

भारतीय अधिकारीहरूका अनुसार सबै २४ जना चालक दलका सदस्य सुरक्षित छन् र उनीहरूलाई ओमानका उद्धार टोलीले हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।

अमेरिकी केन्द्रीय कमाण्डले जारी गरेको जानकारीअनुसार अमेरिकी सेनाले उक्त ट्यांकरलाई निष्क्रिय बनाएको थियो ।  अमेरिकी दाबी अनुसार जहाजले इरानतर्फ जाने प्रतिबन्ध उल्लंघन गर्ने प्रयास गरेको थियो । 

अमेरिकी सेनाले अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजबाट एफरए–१८ सुपर होर्नेट लडाकु विमान प्रयोग गरी जहाजको इन्जिन र स्टेयरिङ हिस्सामा प्रहार गरेको बताइएको छ। 

 त्यसपछि नियन्त्रण गुमेर जहाजमा आगलागी भएको बताइएको छ । यस जहाजमाथि अमेरिकाले यस अघि इरानसँग सम्बन्धित गतिविधिका कारण प्रतिबन्ध लगाएको थियो ।