चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने

आप्रवासन आप्रवासन

 

चीनले वार्षिक कम्तीमा १७ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्न सहमति जनाएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बताएको छ । यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच हालै भएको शिखर वार्तापछि आएको हो । यो प्रतिबद्धता सन २०२८ सम्म लागू रहनेछ ।

ह्वाइट हाउसका अनुसार यो नयाँ सहमति २०२५ को अक्टोबरमा भएको सोयाबिन खरिद सम्झौताभन्दा बाहिरको हो । यसले अमेरिकी कृषि निर्यातलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ । चीनको वाणिज्य मन्त्रालयले पनि वार्तापछि केही व्यापारिक सहमतिहरू सार्वजनिक गरेको छ । दुवै देशले ट्यारिफ (अतिरिक्त भन्सार महसुल) घटाउने विषयमा नयाँ व्यापार बोर्डमार्फत छलफल गर्ने सहमति गरेका छन् ।

मन्त्रालयका अनुसार कृषि उत्पादनसहित केही वस्तुहरूमा समान स्तरमा भन्सार महसुल घटाउने विषयमा प्रारम्भिक सहमति भएको छ । यो सम्झौता दुई देशबिच व्यापार तनाव कम गर्ने प्रयासको रूपमा हेरिएको छ, जसमा व्यापार, ताइवान र इरानजस्ता संवेदनशील विषयहरू पनि छलफलमा आएका थिए ।